STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वन रक्षक नहँुदा चोरीनिकासीमा वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

डडेल्धुरामा सशस्त्र वन रक्षक नहँुदा डडेल्धुराका वनमा चोरी तस्करी बढ्दै गएको छ । डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा जिल्लामा सवडिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय गरी आठ डिभिजन वन कार्यालयमा ३१ जनाको दरबन्दी सशस्त्र वन रक्षक भए पनि जिल्लामा एक जना पनि सशस्त्र वन रक्षक नहँुदा जिल्लामा चोरी तस्करी बढ्दै गएको स्थानीयवासीको भनाइ छ । डडेल्धुरा जिल्लाको भूगोलमा ७५।८ प्रतिशत वन क्षेत्र फैलिएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद अचार्यले जानकारी दिनुभयो । जिल्लामा रहेका झण्डै ५०० सामुदायिक क्षेत्रले ओगटेको भए पनि वन रहे पनि दरबन्दीभन्दा ५० प्रतिशत मात्र कर्मचारी र सशस्त्र वन रक्षक नहँुदा चोरी तस्करी नियन्त्रणमा समस्या भएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख अचार्यले बताउनुभयो । कर्मचारी अभाव र वन क्षेत्रले ओगटेको भू–भाग ठूलो भएका कारण चोरी तस्करी न्यूनीकरण गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्रमा सबैभन्दा बढी चोरी तस्करी भइरहेको देखिन्छ । दुई पालिका भएर कञ्चनपुर र कैलाली हँुदै बढी तस्करी भइरहेको आलिताल गाउँपालिका स्थानीय सिपी जोशी बताउनुभयो । डडेल्धुराको सीमाक्षेत्रमा रहेका घाँटहरुमा त्यस क्षेत्रमा रहेका प्रहरी चौकीको जिम्मा दिए पनि आवश्यक प्रहरी नहुँदा विभिन्नखाले तस्करी हुने गरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा सशस्त्र प्रहरी बल नभएकाले नेपाल प्रहरीको नेतृत्वमा नै सीमाको सुरक्षामा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना