STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वसुवर्ण साकोसको उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

ललितपुर, नागबहालस्थित वसुवर्ण वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । २०७६ जेष्ठ ३० गते निसें जेष्ठ ७ गते १० दिनसम्म यो तालिम भएको हो । संस्थाका अध्यक्ष सुमन शाक्यको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा वितरण गर्नुभयो । यस तालिमबाट प्राप्त उपलब्धीबाट आफू निकै प्रभावित भएको बताउनु हुँदै उहाँले वडा र वडाबासीको विकासका लागि कार्यबारे जानकारी गराउनुभयो । यस समारोहमा विशेष अतिथिका रुपमा नागबहाल टोल सुधार समितिका उपाध्यक्ष, दाफा भजन खलः अध्यक्ष आःजु जुजुरत्न शाक्य, तथा अतिथिका रुपमा वसुवर्ण साकोसका पूर्व अध्यक्ष बुद्धरत्न शाक्य, नगर सभा सदस्य पञ्चबज्र बज्राचायको उपस्थिति रहेको थियो । पत्रकार एवं कार्यक्रम संचालक सुरजवीर बज्राचार्यले दिनुभएको प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । प्रशिक्षक बज्राचार्यले वक्तृत्व, उद्घोषण मात्र नभइ कार्यक्रमको प्रभावकारी ब्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो । तालिमका संयोजक एवं महिला उपकमिटीका संयोजक गंगा शाक्य व शिक्षण उपकमिटीया संयोजक रविन्द्र शाक्यले संस्थाका विभिन्न गतिविधिसँगै यस तालिमबाट बढेको उत्साहका बारे उल्लेख गर्नुभयो । प्रशिक्षार्थी वीणा शाक्य, दीक्षालक्ष्मी शाक्य, सम्राट शाक्य र संस्कृति शाक्यले तालिमबाट प्राप्त उपलब्धीबारे आफ्नो मन्तब्य राख्नुभएको थियो भने प्रशिक्षार्थीबाटै स्वागत मन्तब्य उषा शाक्य, धन्यवाद ज्ञापन धर्मराज शाक्य तथा कार्यक्रम सञ्चालन मिला शाक्यले गर्नुभएको थियो । कार्यक्रमका सभापति वसुवर्ण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन शाक्यले प्रशिक्षार्थीबाट ब्यक्त मन्तब्यका शब्द, शैली र कार्यक्रम ब्यवस्थापनबाट आफूहरु निकै हर्षित भएको उल्लेख गर्नुहुँदै प्रतिभा विकासका लागि अन्य गतिविधि निरन्तर हुने जानकारी गराउनुभयो ।
Categorized in राष्ट्रिय