वासु शशी तथा कुमार सरस्वती पुरस्कारबाट कर्ण शाक्य,ईन्दिरा प्रसाईं र श्रीओम सम्मानित हुने
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २०, सोमबार
साहित्यकार प्रसाई विगत साढे तीन दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनु भएको छ । उहाँका कविता, कथा, उपन्यास सम्पादन सहित दुई दर्जन भन्दा बढि साहित्यिक कृतिहरु प्रकाशित छन् ।
उहाँ राष्ट्रिय युवा वर्ष मोती पुरस्कारु, मैनाली कथा पुरस्कारु, राष्ट्रिय प्रतिभा पुरस्कारु, राष्ट्रिय गौरव युवा सम्मानु, प्रवल गोरखा दक्षिणबाहुु, भानुभक्तु सम्मान लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएको छ ।
साहित्यकार रोदन विगत तिन दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्य तथा पत्रकारिताक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनु भएको छ ।
उहाँका निवन्ध, कविता, लघुकथा सम्पादन सहित एक दर्जन भन्दा बढि साहित्यिक कृर्तिहरु प्रकाशित छन् । उहाँ राष्ट्रिय प्रतिभा पुरस्कारु, उत्तम शान्ति पुरस्कारु, प्रतिभा युवा सम्मानु, राष्ट्रिय
युवावर्ष मोती पुरस्कारु, शंकर लामिछाने युवा निबन्ध पुरस्कारु लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएको छ ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिकोे बैठकले साहित्यकार त्रय शाक्य, प्रसाई र रोदनलाई सर्वसम्मतिले सम्मान गर्ने निर्णय गरेको हो । उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८४औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने र पुरस्कारको राशी रू। २५,०००।पच्चिस हजार रहेको परिषदका सचिव प्रद्युम्न जोशीले वताउनु भयो ।
वासु शशी साहित्य पुरस्कारबाट यस अघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा। विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा। विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा र सैलेन्दुप्रकाश नेपाल पुरस्कृत र वासु शशी स्मृति सम्मानबाट तीर्थराज वन्त, डा। मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान र श्रेष्ठ प्रिया पत्थर सम्मानित भइसकेका छन् ।
Categorized in राष्ट्रिय


