STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विप्लवसँग वार्ता गर्न सरकारद्वारा टोली गठन, विप्लव समूह पनि वार्ताको तयारीमा

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १८, मंगलबार

काठमाडौँ – सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।

दुई वर्षअघि सरकारले विप्लव समूह हिंसात्मक भएको भन्दै उसका गतिविधि प्रतिबन्ध गरेको थियो । प्रतिबन्धपछि विप्लव समूहका थुप्रै नेता–कार्यकर्ता पक्राउ परेका छन् । कतिपय नेता अहिले जेलमा छन्।

केही समयअघि विप्लव समूहले प्रतिबन्ध फुकुवा गरे आफूहरू वार्तामा बस्न तयार रहेको बताएको थियो।

उता सरकार पक्षबाट वार्ता टोली गठन भएसँगै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न समिति गठनको तयारी गरेको छ ।

खड्कबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गर्ने तयारी भइरहेको विप्लव समूहले जनाएको छ ।

विप्लव समूहसँगको वार्ताका लागि सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयोजक रहेका छन् भने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहेका छन् ।

Categorized in राजनीति