STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विराटनगर सभामा ओलीले भने : सिद्धिन लागेका प्रचण्डले हामीलाई नै सिध्याउन थाल्याे

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ८, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिन लागेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले उद्धार गरेको र त्यसैले अहंकार बढेको बताएका छन्।

आज विराटनगरमा आयोजित नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘दुई/चार सिटमा खुम्चिन लागेका, सिद्धिसकेका प्रचण्डको जुरो हालें। सिङ हालें। त्यसैले अहंकार चढ्यो। हामीलाई नै सिध्याउन थाल्नुभयो।’

प्रचण्डको नियति नै असफलता बाहेक केही नभएको दाबी उनले गरेका छन्। उनले अझै पनि फर्केर आउने बाटो खुला रहेको बताए। फर्केर नआए प्रचण्डको राजनीति समाप्त हुने बताउँदै भने, ‘भीरबाट लड्नेलाई राम भन्न सकिन्छ। काँध हाल्न सकिँदैन। सिद्धिने बाटोमा जानुभएको छ।’

पहिले बैद्यले छाडेपछि डाक्टरलाई साथ पाएका प्रचण्डसँग अहिले झाँक्री रहेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’ उनले प्रचण्डको बाटो जंगलमा हिँड्ने गोठालोको जस्तै भएको बताउँदै एकछिन बाटो जस्तो लागेपनि त्यो एक ठाउँमा टुंगिने बताएका छन्।

निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक : गृहमन्त्री बादल

सभामा गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न कानूनको पञ्जा नजिक आइसकेको बताएका छन् । आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले यस्ताे बताएका हुन् ।

उनले भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’ उनले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको पनि बताए ।

Categorized in राजनीति