STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विशिष्ट अभिनेता कृष्ण मल्ल लगायतका व्यक्तित्वहरु सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण ३१, मंगलबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासको मोडेल नेपालकै जस्तो हुनुपर्ने बताउनु भएको छ । विगतमा कसैले स्विट्जरल्यान्ड, सिंगापुर,  जापानजस्तो बनाउने भनिएको उल्लेख गर्दै उहाँले नेपाललाई आफ्नै मोडेलमा विकास गर्नुपर्ने कुरामा जोड दिनु भयाे ।

सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई प्रमूख अतिथीका रुपमा सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले नेपालको इतिहास, भूगोल, संस्कृति, जातीय बनोटअनुकूल नेपाली मोडेलको विकास गरिनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड छ। त्यसका लागि उत्पादन बृद्धि, आत्मनिर्भर अर्थतन्त्रको जग निर्माण, आयात प्रतिस्थापन र निर्यात प्रबर्द्दन जस्ता कार्यलाई प्राथमिकता दिनुपर्ने  औँल्याउनु भएको छ ।

प्रमुख अतिथि सम्माननिय पूर्व प्रधानमन्त्रि तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’  रहनु भएको यस समारोहमा विशिष्ट अतिथीहरुमा गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल, वरिष्ट राजनैतिक विश्लेशक एन के प्रसाईं  लगायत का विशिष्ट व्यक्तित्वहरु रहनु भएको थियो । 

नेशनल इन्टरटेंटमेंट अवार्ड २०७९ का रुपमा सम्पन्न सो समारोहमा गीत संगीत , म्युजिक भिडियो, फिल्म, स्पोर्ट्स, कमेडी, फेसन, सौन्दर्य, पर्यटन तथा संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिनुका साथै यिनै विधाहरुको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका हरु लाई अवार्ड प्रदान गरिएको थियो ।

यसैक्रममा अग्रज अभिनेता कृष्ण मल्ल, वरिष्ट संगीतकार चेतन कार्की , विख्यात संचारकर्मि ऋषि धमला, अग्रज फोटो व्यवसायी च्याङ्बा लामा,सौन्दर्य विद् रश्मिला श्रेष्ठ, चलचित्र निर्दशक तथा संचारकर्मि माधव राज खरेल र विभिन्न सौन्दर्य प्रतियोगिताका आयोजक निशुकान्त झा लगायत तीन दर्जन सर्जकलाई सम्मानित गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष सुर्य चन्दले स्वागत मन्तव्य राख्नु भएको समारोहको सभापतित्व  संस्थाका अध्यक्ष सुर्य चन्दका पिता चन्द्र बहादुर चन्दले गर्नु भएको थियो ।

नेपालको सबैभन्दा विशाल र भव्य अवार्ड समारोहको नाम दिइएको यस कार्यक्रमको संयोजन सबिता पोखरेलले गर्नु भएको थियो । 

फोटो - बद्रि थापा

Categorized in सिनेमा