STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व स्वास्थ्य संगठनको विज्ञ टोली नेपालगञ्जमा

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २४, बुधबार

काठमाडौं – विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको संयुक्त विज्ञ टोलीले नेपालगन्ज पुगेर स्थलगत अध्ययन सुरु गरेका छन् । अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच जना कर्मचारी नेपालगन्जमा खटिएका छन् । स्वास्थ्य मन्त्रालयका पनि केही अधिकारी संलग्न छन् । एकै पटक धेरै ब्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिनुको कारणबारे विज्ञ टोलीले अध्ययन गर्दैछ । अध्ययन पश्चात उक्त टोलीले अब के गर्ने भन्ने बारे पनि सुझाव दिने बताइएको छ । नेपालगन्जका ६० वर्षीय व्यक्तिमा गत शुक्रबार पहिलोपटक कोरोना संक्रमण पुष्टी भएको थियो । उनको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ९४ जनाको स्वाब पिसिआर परीक्षण गर्दा अन्य २२ जनामा पनि कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

(तस्बिर साैजन्य नरेश श्रेष्ठ)

Categorized in राष्ट्रिय