STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वीरेन्द्रनगर गोली काण्ड : भारतीय सुटरसहित पाँच जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १३, आइतबार

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार राति एक जना व्यक्तिलाई लक्षित गरी गोली चलेको छ। वीरेन्द्रनगरका स्थानीय विनोद गिरीले चलाएको गाडीलाई लक्षित गरी गोली चलाइएको थियो।

गाडीको चालक बसेका ठाउँमा लक्षित गरी एक राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गोली चले पनि गिरीलाई भने लागेको छैन। राति पौने ९ बजेतिर वीरेन्द्रनगर–१ गौरीटोलमा गिरीले आफैँले चलाएको गाडीमा गोली प्रहार भएको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। शनिबार राति चार जना र आइतबार बिहान एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए।

उनकाअनुसार पक्राउ परेकाहरूमध्ये एक जना भारतीय सुटर रहेका छन्। गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरेको खुलेको छ। प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

Categorized in अपराध-दुर्घटना