STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छ ः मन्त्री पोखरेल

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताउनुभएको छ । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा बनाउन लागिएको बताउनुभयो ।
“व्यावहारिक शिक्षा बनाउन हामीले आधारस्तम्भ बनाइसकेका छौँ”, उहाँले भन्नुभयो, “अब ती आधार स्तम्भलाई टेकेर देशभरि नै हामी प्राविधिक शिक्षा लागू गर्ने तयारीमा रहेका छौँ ।” मन्त्री पोखरेलले नेपालको शिक्षा प्रणाली व्यावहारिक नभएकाले परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । 
व्यावहारिक शिक्षा नभएकाले अहिलेको जनशक्ति बेरोजगार हुनुपरेको उहाँको भनाइ थियो । उहाँले सरकारले परिमाण देखिने गरी विकासका आयोजना गर्न थालेको समेत जानकारी गराउनुभयो । “जनताले अब विकासका परिमाण कुर्न धेरै समय पर्खनु पर्दैन”, उहाँले भन्नुभयो, “चाँडै नै सरकारले देखिने गरी विकास निर्माणका काम गर्दछ ।”
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । कार्यक्रममा मन्त्री पोखरेलले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । 
 
Categorized in राष्ट्रिय