STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्छ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

नेपालको शिक्षा नीतिलाई सीप र श्रमसँग जोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीइभिटी का सदस्य सचिव पुष्परमण वाग्लेले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्ने बताउनुभयो । अब प्राविधिक र व्यावसायिक शिक्षा दिने शिक्षालयको आवश्यकता रहेको भन्दै उहाँले हाल सिटिइभिटीमा २०१५ जना भर्ना गर्ने क्षमता रहेको जानकारी गराउनुभयो । सिटिइभिटी सङ्घीयताको मर्मअनुसार अगाडि बढेको जिकिर गर्दै उहाँले एक वर्षभित्रमा १०१ स्थानीय तहमा कार्यक्रम पुगेको पनि जानकारी गराउनुभयो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले नेपालमा पछिल्लो समय आफू केन्द्रित शैक्षिक प्रणालीको विकास भएको भन्दै नैतिकतामा आधारित मानवतावादी शिक्षा हुनुपर्ने बताउनुभयो । प्राविधिक र गुणस्तरीय शिक्षाको कमीले पछिल्लो समय नेपाली युवाहरुले वैदेशिक रोजगारमा समेत घाटा व्यहोर्नुपरेको उहाँले बताउनुभयो । कार्यक्रममा अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले ८ कक्षासम्मको शिक्षा निःशुल्क र अनिवार्य गरेको भने पनि सामुदायिक विद्यालयमा समेत शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य जस्तो आधारभूत क्षेत्रमा पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा मध्यमवर्गीय आय भएका नेपाली ठूलो सकसमा बाँच्नुपरेको भन्दै जनताले भोगिरहेको यस्तो समस्या समाधानका लागि सरकारले उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिनुभयो । बौद्ध धर्मगुरु पासाङ तेम्बा शेर्पाले २१ औँ शताब्दीको शिक्षा सीपमूलक शिक्षा हुनुपर्ने भन्दै यसका सरकारले ऐन परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय