STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शेयर बजार ः दोहोरो अङ्कले घट्यो

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

 लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०।८२ विन्दुले घटेर एक हजार १८०।८६ विन्दमा पुगेको छ । 
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।१९ विन्दुले घटेर २५२।८१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेपनि कारोवार रकम भने आज बढेको छ । कूल १७१ कम्पनीको २७ लाख ३९ हजार ६८९ कित्ता शेयर रु ७१ करोड ७१ लाख ४७ हजार २७४ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका दशवटै उपसमूहको शेयर घटेको छ । बैंकिङ ९।६, होटल ०।९१, विकास बैंक ५।४८, जलविद्युत् ७।९, वित्त ०।५८, निर्जीवन बीमा ९३।६१, उत्पादन ३६।३२, अन्य २।७५, लघुवित्त १४।५८ र जीवन बीमा ८३।०२ विन्दुले घटेको छ । 
कारोबारका आधारमा आज कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु पाँच करोड ७७ लाख ७९ हजार १६५, नेको इन्स्योरेन्स रु पाँच करोड ७५ लाख ४९ हजार ५०६, एनआइसि एशिया रु चार करोड ९९ लाख १९ हजार ३६१, गरिमा विकास बैंक लिमिटेडको संस्थापक शेयर रु तीन करोड ८४ लाख ६७ हजार १५५, नेपाल बैंक लिमिटेड रु तीन करोड ७२ लाख ३५ हजार ४२, एनएमबी बैंक रु तीन करोड ३८ लाख २६ हजार ७६५ र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई करोड ५६ लाख १३ हजार २१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 
स्टकका अनुसार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ९।५२ प्रतिशतले कमाएका छन् । उन्नती माइक्रोफाइनान्स ५।८८, सिन्धु विकास बैंक ५।४७, आँखु खोला जलविद्युत् कम्पनी ३।८५, रिलायन्स फाइनान्सका शेयरधनीले २।५६ प्रतिशत कमाए । यस्तै जोशी हाइड्रो पावर ८।१२, घलेम्दी ८।१०, एनएमबी माइक्रोफाइनान्स ७।०४, पञ्चकन्या माइ हाइड्रोपार ६।०३,  र शिवम सिमेन्टका शेयरधनीले ५।७७ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस