STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रीलङ्कामा मृत्युदण्डस् वधिक पदका लागि उच्च नैतिकता भएका उम्मेदवारको खोजी

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २, बिहिबार

श्रीलङ्कामा सरकारले मृत्युदण्ड दिन दुईवटा पदका लागि विज्ञापन गरेको छ। उम्मेदवारको योग्यतामा उच्च नैतिकता खोजिएको छ। ती पदहरू पद लागुपदार्थ तस्करी रोक्ने अभियानअन्तर्गत छन्। राज्यद्वारा प्रकाशित पत्रिका डेली न्यूजमा छापिएको विज्ञापनमा वधिक पदमा नियुक्त हुने व्यक्तिले मासिक ३६,३१० स्थानीय रुपैयाँ झन्डै २०३ अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। श्रीलङ्कामा वैधानिक रूपमै मृत्युदण्ड दिने व्यवस्था छ, तर सन् १९७६ देखि कसैलाई पनि मृत्युदण्ड दिइएको छैन। मृत्युदण्ड दिने जिम्मा पाएका वधिकले पाँच वर्ष अघि राजीनामा दिएपछि श्रीलङ्काले उनको उत्तराधिकारी नियुक्त गर्न सकेको छैन। विज्ञापन गरिएको पदका लागि अन्य योग्यतामा मानसिक रूपमा बलियो १८ देखि ४५ वर्षसम्मका पुरुष हुनुपर्ने उल्लेख छ। पहिलो चोटि मृत्युदण्ड दिन जाँदा फाँसी दिने ठाउँ देखेपछि बिरामी परेका वधिकले सन् २०१४ मा राजीनामा दिएका थिए। त्यसपछि अर्का एक जनालाई सो पदमा नियुक्त गरियो तर उनी काम गर्न नै आएनन्। –बीबीसी नेपाली सेवा
Categorized in अन्तर्राष्ट्रिय