STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संक्रमणबाट थप ४ जनाको मृत्यु, कूल मृत्यु हुने ८३ पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २७, मंगलबार

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक-एक जना रहेका छन् । मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा जनकपुरमा निधन भएको हो । त्यसैगरी धनुषाकै क्यानसर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुषको साउन २५ गते निधन भएकोमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । काभ्रेकी एक महिलाको पनि कोरोना संक्रमणबाट साउन २७ गते निधन भएको छ । साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।
Categorized in राष्ट्रिय