STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संविधान दिवसको अवसरमा साझा पार्टीको अन्तरक्रिया सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ४, आइतबार

विजयरत्न असंबरे
नेपालमा गणतान्त्रिक संविधान लागु भएको पाँच वर्ष पुरा भएको अवसरमा साझा पार्टीको उपत्यकाव्यापी साझा अभियानका आयोजनामा नेपालको संविधानलाई लिएर 'नेपालको संविधान २०७२ : अभ्यास , अवसर र चुनौति' शीर्षकमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ संविधानविद् प्रा पूर्णमान शाक्य प्रमुख वक्ताका रुपमा रहेको रुपमा रहेको सो अन्तरक्रियामा नेपालको संविधानमाथि आफ्नो विचार राख्ने क्रममा उहाँले कुनै पनि राष्ट्रको संविधान विश्वकै सर्वश्रेष्ठ वा देशको निकृष्ट संविधान हुने गर्दैन भन्ने धारणा राख्नुभयो । नेपालको वर्तमान संविधानलाई कसैले नराम्रो भन्ने गरेका छन् भने कसैले राम्रो भन्ने गरेका छन् र यस्तो हुनु स्वाभाविक हो । यसरी आआफ्नो धारणा र दृष्टिकोण अभिव्यक्त गर्नु कुनै ठुलो कुरा हैन तर संविधानको पालना गर्दा सरकारले पार्टीगत स्वार्थभन्दा राष्ट्र हितको कुरामा ध्यान दिन पर्दछ भनि भन्नु भयो र नेपालको सन्दर्भमा त्यस्तो हुन नसक्नु दुःखको कुरा हो भनि संविधानविद् शाक्यले भन्नु भयो । कोभिड १९ को संक्रमण जोखिम कायमै रहेको वर्तमान समयमा आयोजित सो अन्तरक्रियामा एकदमै थोरै अतिथीहरुमात्र सहभागी गराईएको थियो भने सहभागी सबैलाई मास्कको प्रयोग अनिवार्य गरिएको थियो । उपत्यकाव्यापी साझा अभियानको तत्वावधानमा सम्पन्न सो कार्यक्रममा साझा पार्टीका प्रदेश सांसद तथा पार्टीका केन्द्रिय सदस्य शोभा शाक्यको पनि उपस्थिति रहेको थियो भने पार्टीका अर्का केन्द्रिय सदस्य प्रकाशचन्द्र परियारले सञ्चालन गरेका थिए ।
Categorized in राजनीति