STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सप्तकोसीको बाँध फुट्यो, ठूलो बस्ति जोखिममा

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १८, बुधबार

काठमाडौं - अविरल वर्षासँगै सप्तकोसीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूला बस्ति जोखिममा परेको छन् ।

पानीकाे बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोसीको बाँध फुटेको हो ।

उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेका छन् ।

बुधबार बिहान करिब ४ बजेतिर बाँध फुटेको बताइएको छ । अहिले जिल्लाको बेलका नगरपालिका – २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका – ५ डुबानमा परेका छन्।

नदीको बाँध फुटेर गाउँ पस्दा भएको क्षतिबारे पूरै तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

यहाँ सोमबार देखि नै बाढीको उच्च जोखिम रहेकाले स्थानीयलाई बस्ती छोड्न माइकिङ गरिएको यादवले बताए । बाँधबारे पहिल्यै जानकारी गराइएकाले मानवीय क्षति नहुने आशा गरिएको गरेको र आफू पनि प्रभावित क्षेत्र जाँदै गरेको उनको भनाइ छ ।

सो क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको बताइएको छ ।

प्रमुख जिल्ला  अधिकारी यादवका अनुसार कोसीको पूरै भंगालो भने बस्तीमा पसेको होइन ।  बाढी ओभरफलो भएको पानी बस्ती पसेको हो ।

सो फ्लोलाई कम गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत् कोशी ब्यारेजका अन्य ढोका खोल्न पनि आग्रह गरिएको उनले बताए । यद्यपि कटान हुँदा नदीको बहाब उँतिर सोझिँदा नदीले पश्चिम क्षेत्रमा धार बदलेको यादवले बताए ।

जसका कारण बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । बाढील करिब ४ हजार घर परिवार उच्च जोखिममा रहेको यादवको भनाइ छ ।

Categorized in अपराध-दुर्घटना