सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ३, सोमबार
काठमाडौं – प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना काेषमा जम्मा गर्ने निर्णय भएको छ ।
सोमबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जनाएका छन् ।
मन्त्री गुरुङले संघीय मन्त्रीपरिषद्को निर्णयको मर्मअनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि दसैं भत्ता काेराेना कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको पनि जानकारी दिएका छन् ।
यसअघि कोरोना महामारीका बीच सांसदहरुले दसैँ भत्ता लिएको समाचार बाहिरिएपछि नेकपा र काँग्रेसले सांसदहरुले पाएको सो वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । यस्तै पार्टी निर्णयअघि नै केही सांसदहरुले स्वतस्फूर्त रुपमा रकम फिर्ताको घोषणा समेत गरेका थिए ।
Categorized in राजनीति

