STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए बन्दसूची

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ४, मंगलबार

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा र बहुजन एकता पार्टीले बन्दसूची बुझाएको आयोगले जनाएको छ ।

यस्तै राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । प्रदेश १, बागमती र सुदूरपश्चिममा सात/सात, मधेसमा छ, गण्डकीमा पाँच, लुम्बिनी र कर्णालीमा चार/चार दलले बन्दसूची पेस गरेका छन् ।

प्रदेश १ मा किरात खुम्बुवान् पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेशमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी तथा सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय मुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, मौलिक जिरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची पेस गरेका छन् ।

यस्तै मधेसमा तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र जनमत पार्टीले बन्दसूची पेस गरेका आयोगले जनाएको छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, कर्णाली प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले बन्दसूची पेस गरेका छन् ।

पहुँच भएकाहरु नै समानुपातिककाे बन्दसूचीमा!

काठमाडौं - आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको बन्द सूची बुँझाए तर संविधानको मूल्यमान्यता बमोजिम भने गरेनन् ।धेरै जसोले लगातार चुनावमा उठेर जित्न नसकेकाहरुलाई समानुपातिकमा राखेका छन् ।

बन्द सूचीको प्रारम्भिक सूचना हेर्दा दलहरुले राजनीतिक पहुँच भएकै नेताहरुलाई नै समानुपातिक तर्फको प्राथमिकतामा राखेका छन् ।विभिन्न क्षेत्र, समुदाय, लिंग, वर्ग आदिको असमानतालाई घटाउँदै सबैको न्युनतम प्रतिनिधित्व होस् भन्ने उदेश्यले समानुपातिकको व्यवस्था गरिएको थियो । तर त्यो परिभाषाको लागि मात्र भएको छ उही पहुँचवाला वर्चश्व देखिन्छ ।

वास्तवमा ‘प्रत्यक्षतर्फ चुनाव लडेर आउन नसक्ने समुदाय र क्षेत्रको सहभागिता गराउन समानुपातिक प्रणाली अवलम्बन गरिएको हो । दलहरुले दलभित्र प्रभावशाली नेताहरुको व्यवस्थापनका निम्ति समानुपातिक प्रणालीलाई उपयोग गर्दै आएका छन् ।

लगातार सांसद र मन्त्री भएकैलाई समानुपातिकमा राखेर जनताले चाहे जस्तो परिवर्तन उनीहरुबाट कसरी सम्भव होला र?नेपाली कांग्रेसमा पनि पहुँच भएका नेताहरू समानुपातिक सूचीमा बसेका छन् । पार्टी नेतृत्वकै उत्तराधिकारीका रुपमा चर्चा गरिएका आरजु राणालाई पनि समानुपातिकमै राखेको छ ।

यस्तै विमलेन्द्र निधिदेखि , गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर पनि समानुपातिक सूचीमै बसेका छन् ।एमालेको बन्दसूचीमा भने कोही पदाधिकारी पनि बन्दसूचीमा परेनन् । तर प्रत्यक्ष चुनाव जित्ने व्यक्ति पनि समानुपातिक सूचीमा परेका छन् ।

नैनकला थापा ,प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा एमालेको समानुपातिक सूचीको प्राथमिकतामा छन् ।बादल समानुपातिक कोटामा नपरेपछि नैनकलालाई समानुपातिक तर्फको सूचीमा राखिएको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादीमा पनि बलियो पहुँच राख्ने नेताहरु समानुपातिकको सूचीमा अटाएका छन् ।उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा।गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरी समानुपातिक सूचीमा छन् ।

समानुपातिक तर्फको बन्दसूची तयार पार्नेमा नेकपा माओवादी केन्द्रले पनि आफूलाई सच्याएन । धेरैपटक संसदीय र मन्त्री बनेका कृष्णबहादुर महरालाई प्राथमिकतामा राखेको छ ।दलहरुले कतिपय विवादित पृष्ठभूमिका धनाढ्यलाई समानुपातिकतर्फका सूचीमा राखेका छन् ।

एमालेले विश्वकै धनाढ्य सूचीमा रहेका विनोद चौधरीलाई समानुपातिक सांसद बनाएको थियो । दिवाकर गोल्छा, राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, बिमल केडियाहरू पनि समानुपातिक व्यवस्थाको लाभ उठाउँदै सांसद भइसकेका छन् ।

अहिले दलहरुले अपनाइरहेको प्रणालीले पछाडि परेका समुदाय, जाति, लिंग र क्षेत्रको सहभागिता हुन सक्दैन । आयोगले आइतबार र सोमबार गरी दुई दिन समय दिएपनि अधिकांश दलहरुले सोमबार अन्तिम समयमा मात्र बन्दसूची बुझाएका हुन् ।

Categorized in राजनीति