सरकारले मातृभाषाको बेवास्ता गरेको भन्दै नाङ्गै प्रदर्शन
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ९, आइतबार
काठमाडौं – आइतबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा देशभर विविध कार्यक्रमहरु आयोजना भए । यसै दिवसको अवसरमा पारेर एकजना प्रदर्शनकारीले काठमाडौंमा नाङ्गै प्रदर्शन पनि गरेका छन् ।
सरकारले मातृभाषाहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै दिपेन लिम्बूले काठमाडौंमा नाङ्गै प्रदर्शन गरेका छन् ।
मातृभाषाहरुलाई बेवास्ता गरेको तर अर्बौं लगानीमा विश्वविद्यालय बनाएर अन्य मातृभाषाहरुलाई ‘बाइपास’ गरेको भन्दै लिम्बूले सिंहदरबारअगाडि एक्लै प्रदर्शन गरेका हुन् ।
सम्वेदनशील अङ्गहरुमा पम्प्लेट टाँसेर उनले प्रदर्शन गरेका हुन् । उनले टाँसेका पम्प्लेटहरुमा ‘आदिवासीलाई राज्यले नाङ्गो बनाएको र हजारौं गोली र लाठी बर्सिए पनि आफ्नो माग र आन्दोलन जारी रहने’ जस्ता नारा लेखिएका छन् ।
प्रदर्शनको केही समयपछि नै लिम्बूलाई प्रहरीले हिरासतमा लिएकाे थियाे ।
लिम्बूको यो प्रदर्शनको भिडियो सामाजिक संजारहरुमा भाइरल बन्दै गइरहेको छ ।


