STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन ः उपसभापति निधि

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताउनुभयो । “प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्नुभयो । यस्तो प्रगति हुँदैन । जनताले के को आशा गर्ने,”उपसभापति निधिले भन्नुभयो । पूर्वगृहमन्त्रीसमेत रहनुभएका उहाँले दुई वर्षमा काँग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय