STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गुठी समिति गठन

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

गुठी सम्बन्धी रायसुझाव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गुठी समिति गठन गठन गरेको छ । चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त समिति गठन गरिएको हो । काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा के गर्ने भन्नेत विषयका सन्दर्भमा सरोकारवाला, गुठीयार तथा जनप्रतिनिधिहरुसँग आवश्यक छलफल परामर्श गरी प्रस्तावित गुठी विधेयकमा समितिले गुठीका गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज, संघर्ष समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरुको संलग्नतामा अध्ययन, अन्तरक्रिया, छलफल र बैठक बसेर गुठीहरुको विशिष्टकृत अवस्थाको वस्तुस्थितीको सुझाव दिनेछ । समितिको पहिलो बैठक बसेको मितिले एक महिना भित्रमा समितिले मन्त्रालयलाई सुझाव पेश गर्नुपर्नेछ ।
Categorized in राष्ट्रिय