STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सार्वजनिक यातायातमा जोर-बिजोर हटाउन सरकारलाई सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १४, शुक्रबार

माघ १४, काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक यातायातका साधनमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीको सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो । साथै यसरी हिँड्दा कोरोना संक्रमण बढ्ने भन्दै सरोकारवालाले जोरबिजोर प्रणाली हटाउन आग्रह गर्दै आएका थिए ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालका अनुसार सीसीएमसीले सिफारिस गरिसकेको जानकारी दिँदै अब डीसीसीएमसीले खुलाउने निर्णय गर्न सक्ने बताइन् । निजी र ट्याक्सीलगायत सवारीमा भने जोरबिजोर कायमै राख्नुपर्ने पक्षमा सिसिएमसी छ ।

साथै बैठकले देशभर कोरोनाको जोखिम कायम रहेको निष्कर्ष निकालेको छ । तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय पनि गरेको छ ।

Categorized in राष्ट्रिय