STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनसरीको वसन्तपुरमा आगलागी, २६ वटा घर टहरा जले

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १८, सोमबार

सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेका छन्।

हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा ९ घर परिवारको २६ वटा घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सोमबार दिउसो  सबिर मियाँको भान्सा कोठाबाट सल्केको आगोले २६ घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। आगलागी थप फैलिन नदिन ३ वटा घर टहरा भत्काइएको थियो।

सुनसरीको इनरुवा, हरिनगर, दुहबी र इटहरी तथा विराटनगरबाट पुगेको दमकलको सहयोगमा आगलागी  नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभए पनि पीडित परिवारको घरको लत्ताकपडा, नगद, गरगहना र खाद्यान्न पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट बिचल्लीमा परेका परिवारलाई हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले तत्कालको लागि चाहिने आधारभूत राहत उपलब्ध गराएको जानकारी दिए।

Categorized in अपराध-दुर्घटना