STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सोह्रखुट्टेमा दुई जनामाथि खुकुरी प्रहार

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २५, मंगलबार

काठमाडौं - काठमाडौंको सोह्रखुट्टेमा दुई जना बाउन्सरमाथि खुकुरी प्रहार भएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार भएको हो ।

मंगलबार विहान ४ बजे सोह्रखुट्टेमा मोटरसाइकल रोकेर ७/८ जनाले ड्युटी सकाएर घर फर्कदै गरेका छिरिङ लामा र नितेश राईलाई आक्रमण गरेका हुन् ।

उनीहरुमाथि खुकुरी प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । अहिले संलग्नहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेका अमित लामासहितको लगानी रहेको प्लाटिनम क्लबमा केही महिनाअघि मात्रै बाउन्सरहरु नितेश र छिरिङसहितले एक समूहमाथि कुटपिट गरेको थियो । सोही समूहले उनीहरुसँग बदला लिएको हुनसक्ने आँकलन गरिएको छ ।

Categorized in अपराध-दुर्घटना