स्पेन युरो कप २०२४ विजेता
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ३१, सोमबार
जर्मनीमा जारी युरो कप २०२४ फुटबल प्रतियोगितामा स्पेनले इङ्ल्यान्डलाई २-१ ले हराउँदै विजेता बनेको छ ।
आइतबार जर्मनीको बर्लीनमा सम्पन्न फाइनलमा स्पेनले इङ्ल्यान्डलाई निर्धारित ९० मिनेटमा २-१ ले हराएको थियोे ।
मध्यान्तर सकिएको २ मिनेटमै स्पेनका निको विलियम्सको गोलबाट अग्रता लिएका थिए ।
इंगल्यान्डका कोल पामरले ७३ मिनेटमा बराबरी गोल गरे तापनि स्पेनका मिकेल ओयारजावेलले ८६ अाैं मिनेटमा गोल गरि स्पेनलाई जिततर्फ डोर्याएका थिए ।
यो जितसँगै स्पेनले चौथो पटक युरो कप जितेका छन् भने पहिलो उपाधि जित्ने इङ्ल्यान्डको सपना टुटेको छ ।
Categorized in खेलकुद

