STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्यस्य: समाज यलको निर्माणाधिन भवनको शिलान्याश

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ११, सोमबार

स्यस्य: समाज यलको भवन निर्माणको लागि शिलान्यास कार्यक्रममा वाङमय शताब्दी पुरुष  अति विशिष्ट संस्कृतिविद्  डा सत्यमोहन जोशीबाट वर्तमान समय परिस्थितिलाई ध्यानमा राख्दै उहाँ कै स्वनिवासमा संकल्प पूजा गरेपछी ललितपुर महानगरपालिका को १६ नं वडा स्थित भवन निर्माण स्थलमा बिहान ८:४२ को शुभ साइतमा जग साइत पूजा गरियो ।  त्यस पछिको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष ई सुरेन्द्र गोविन्द जोशीबाट स्वागत मन्तव्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भयाे । सो कार्यक्रममा प्रदेश सभाका माननीय सांसद द्वय ज्ञानेन्द्र शाक्य र शोभा शाक्य, उप मेयर गीता सत्याल, वडा अध्यक्ष द्वय निर्मल रत्न शाक्य र बिनोद ताम्राकार, सल्लाहकार द्वय गोपाल मान श्रेष्ठ र अजर मान जोशी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज न्याछ्यों लगायत विभिन्न जातीय समाज र संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

Categorized in उपत्यका