STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हतियार कारखानामा छापा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखानामा छापा मारी हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, ‘एयर गन’ एक थान, लामो स्प्रीङ तीन थान, आरनलगायत सामग्री बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।उक्त कारखाना जङ्गबहादुर नेपालीले सञ्चालन गर्दै आएको पाइएकाले बरामद गरिएका हतियारसहित जङ्गबहाुदरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उहाँले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना