STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान छ ः प्रचण्ड

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला विकास समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले सो कुरा बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालको हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको चर्चा गर्दै “हामीले गरेको सङ्घर्षमा दलितहरूले सबैभन्दा बढी योगदान दिएका थिए, आन्दोलन नै उत्प्रेरित गर्ने खालको थियो” भन्नुभयो । उहाँले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत अधिकारका लागि एकीकृत सङ्घर्षको थालनी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका एवम् पूर्व प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले सरकारले उपेक्षित, उत्पिडित दलित वर्ग विकास समिति खारेज गर्नु जनविरोधी र दलितहित विपरीत हुने भन्दै गम्भिर आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,“सामाजिक रूपान्तरणका सिलसिलामा जति काम गरियो धेरै गरे जस्तो लाग्छ तर विभेद्का घटना हेर्दा अझै गर्न बाँकी धेरै रहेछन्, अर्कातिर ती अधिकार र सुविधाहरु बढ्दै जानुपर्नेमा संविधानले दिएका अधिकार पनि खोसिएको देख्दा अत्यन्तै दुःख लागेको छ ।” संविधानमा उल्लेख गरिएको दलित समुदायको हक र त्यो धाराले सुनिश्चित गरेको दलितका अधिकार सरकारले कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्का पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले दलितमुक्ति आन्दोलन मानवमुक्ति आन्दोलन भएको दाबी गर्नुभयो । उहाँले सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । सो सम्मेलन शुक्रबारसम्म चल्ने बताइएको छ ।
Categorized in राष्ट्रिय