STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हवाई दुर्घटनामा दुई जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ । विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । थप अनुसन्धान जारी छ ।
Categorized in अन्तर्राष्ट्रिय