STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हालसम्मकै उच्च ३,४३९ संक्रमित थपिए • सक्रिय संक्रमित २५ हजार नाघ्याे

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २१, बुधबार

 काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा हालसम्म कै उच्च थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

आज सक्रिय सक्रमितअरुको संख्या २५ हजार ७ पुगेको छ ।

यसैगरी नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

आजै मात्र १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितहरुको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार १ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५१, बागमती प्रदेशमा २३ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३ हजार ९ सय २५ जना डिस्चार्ज भएका छन् । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ४२, कर्णाली प्रदेशमा ३ हजार ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ९७ जना गरी देशरी ६८ हजार ६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन ।

संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो । आज आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ३७ जना संक्रमित उपचाररत रहेका छन् । 

Categorized in राष्ट्रिय