१७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत, कर्मचारीकाे तलब १५ प्रतिशत वृद्धि
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १५, आइतबार
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि रु. १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेका हुन् ।
कर्मचारीकाे तलब १५ प्रतिशत वृद्धि
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषण गर्दै १५ कर्मचारीको तलब प्रशितले वृद्धि गरिएको घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका छन् । बजेटमा महँगी भत्तालाई सम्बोधन गरिएको छ ।
Categorized in बिजनेस

