STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘डान्सिङ वीथ द स्टार नेपाल’ को प्रसारण असोजको पहिलो हप्ता

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

विजयरत्न असंबरे
असोजको पहिलो हप्तादेखि बिश्व नम्बर एक डान्सिङ रियालिटी सो डान्सिङ वीथ द स्टारको नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार नेपाल’को प्रसारण सुरु हुने भएको छ । कोरोना महामारीका कारण लागु गरिएको लकडाउन को कारणले महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो अब असोज २ गतेदेखि हरेक शुक्रबार र शनिबार साँझ ८ बजेदेखि हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ कोरोना कहरकै बिचमा मनोरञ्जन प्रदान गर्ने हेतुले प्रसारण सुरु हुन लागेको हो । २६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ । लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले बनाएको नयाँ गाइडलाइन अनुसार दर्शकबिनै सुटिङ गरिएमो कुरा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताउनु भयो उहाँले लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा त्यसैलाई पनि समेट्दै कार्यक्रम प्रसारण गरिने जानकारी गराउनु भयो । नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी सुटिङ गरिने कँडेलले जानकारी दिनुभयो । डान्सिङ विथ द स्टारको पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य श्रृङ्खलाकी चर्चित अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी चर्चित नायिका पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र लोकप्रिय बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिन बाहिरका गतिबिधिले दर्शकलाई नृत्यमार्फत शारिरिक तथा मानसिक स्वास्थ्य मजबुद बनाउन सहयोग पुग्ने टेलिभिजनले बिश्वास लिएको छ । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् । नेपालको अग्रणी बिजनेस ग्रुप आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने एनएमबी बैंक र गोदरेज नम्बर वान पावर्डबाइ स्पोन्सर रहेका छन् । असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाललाइफ इन्स्योरेन्स, डावर अमला, सेन्सोडाइन अनलाईन खबर, नेपालहोम्स डटकम सहभागी भएका छन । आफ्ना मनपर्ने स्टार कन्टेस्टेन्टलाई आइएमइ पे को एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ । हिमालय टेलिभिजन एचडीले ‘द भ्वाइस अफ नेपाल’ ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी सोहरु प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो भने कार्यक्रमसम्बन्धी थप जानकारीका लागि हिमालय टेलिभिजन का पीआर एण्ड कम्युनिकेसन अफिसर लक्ष्मी मैनाली संग सम्पर्क राख्न सकिने कुरा जानकारी गराइएको छ ।
Categorized in सिनेमा