STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘मिस्टर एण्ड मिस थारु आइकन’

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १५, बुधबार

थारु कला केन्द्रले थारु संस्कृतिको जगेर्नाका लागि यही असोज १७ गते प्रदेश नं–१ स्तरीय ‘मिस्टर एण्ड मिस थारु आइकन–२०१९’ गरिने भएको छ । प्रतियोगितामा मोरङ, सुनसरी, गाईघाट, झापाका ३१ जना युवायुवतीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० ÷५० हजार नगदसहित विभिन्न उपहार प्रदान गरिने छ । प्रतियोगितालाई थारु वेषभूषा, खानाका परिकारलगायत थारु कला ‘मोख कला’ को समेत प्रशिक्षण दिइएको थियो । थारु जातिको भक्का, बगिया, घोघीलगायतका खाना परिकारलगायत थारु वेषभूषा, कला संस्कृतिलाई आज युवालाई ज्ञान दिई नेपालको कला संस्कृतिलाई विश्व समुदाय समक्ष प्रस्तुत गरी पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको केन्द्रका अध्यक्ष देवकृष्ण विश्वास जानकारी दिनुभयो ।
Categorized in सिनेमा