STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८२ भाद्र २५, बुधबार

    मोरङमा आन्दोलनका नाममा चोरी तथा लुटपाटमा संलग्न चार जना पक्राउ

    विराटनगर - मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्दै हिँड्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई चोरी गरेको सामानसहित रंगेहात पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पक्राउ पर्नेमा...

  • २०८२ आषाढ २७, शुक्रबार

    काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौं - काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो बौद्धस्थित एक घरको कोठामा आगलागी भएको हो। आगलागीमा परेर मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी छन्। मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको हो। आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको...

  • २०८२ आषाढ ८, आइतबार

    पशुपतिको शव दाह मेसिन खरिदमा झण्डै साढे १० करोड भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा

    काठमाडौं - पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरिएकाहरूमा थापासहित, कोषका तत्कालीन निमित्त सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल,...

  • २०८२ आषाढ ८, आइतबार

    विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमतामा प्रेस काउन्सिल अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं - मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो । ७ वैशाखमा अध्यक्ष नियुक्त भएका उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वैशाखमा विशेष अदालतमा...

  • २०८२ आषाढ ३, मंगलबार

    कलंकीमा स्कुलको भ्यान दुर्घटना: ९ वर्षकी बालिकाको मृत्यु, ७ जना घाइते

    काठमाडौँको कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना भएको छ। सोमबार दिउँसो १२ः५० मा काठमाडौँ महानगरपालिका १४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो।  दुर्घटनामा सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर भएकी उनलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो। १३ः३६...

  • २०८२ जेठ ३०, शुक्रबार

    न्यायाधीश थारुलाई मसी छ्याप्ने ३ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।  नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले बताएका छन् ।  उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा...

  • २०८२ जेठ २३, शुक्रबार

    भुवनेश्वरी मन्दिरमा पर्यटक लिएर आएको माइक्रो बस दुर्घटना

    काठमाडौं - काठमाडौंको तारकेश्वरस्थित भुवनेश्वरी मन्दिरमा पर्यटक लिएर आएको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।   दिउँसो करिब १ बजेको समयमा काभ्रेको बनेपाबाट तारकेश्वर नगरपालिका-३ तीनपिप्लेको भुवनेश्वरी मन्दिर आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस ब्रेक फेल भई दुर्घटनामा परेको हो।  माइक्रोबस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा काभ्रे १० की सुनिता खड्का, सारदा रावत,...

  • २०८२ जेठ २३, शुक्रबार

    बाजुराको बाम्का बजारमा भीषण आगलागी, १८ वटा पसल जले

    काठमाडौं - बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए । ‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन । पूरै बजारमा ठूलो...

  • २०८२ जेठ १५, बिहिबार

    आवेशमा आएर दुई बालिकासहित महिलाको हत्या

    काठमाडौं - रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोकमा एक महिलासहित उनका दुई छोरीको गएराति विभत्स हत्या भएको छ ।  प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटना हत्या अभियुक्त र मृतकबीचको पुरानो सम्बन्धसँग जोडिएको पाइएको जनाएको छ । हत्यामा संलग्न व्यक्ति सुजन कोइराला ३४ वर्षीय दीपा बस्यालका पूर्वपति हुन्। पाल्पाको प्रभाव–११ घर भएका कोइराला र दीपाबीच एक दशकअगाडि सम्बन्ध विच्छेद भएको थियो । डिभोर्सपछि...

  • २०८२ जेठ ७, बुधबार

    ‘फुच्चेहरू’ भनेको निहुँमा विवाद हुँदा युवकको हत्या

    काठमाडौँ - काठमाडौँको गोकर्णेश्वरमा सामान्य विवादमा दुई समूहबिच झगडा हुँदा युवकको हत्या भयो । वैशाख ३० गते राति ९ बजेतिर पाँच जना मिलेर सुन्दरीजल घर भएका ३७ वर्षीय बलिन्द्र प्रकाश राईलाई कुटपिट गरे । उपचारको क्रममा राईको सिनमंगल स्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । गोकर्णेश्वर नगरपालिका–२ स्थित भट्टि पसलमा बलिन्द्र प्रकाश आफ्ना साथीहरूसँग लोकल मदिरा पिउँदै थिए । राति ९ बज्दै थियो । भट्टीमा ५...

  • २०८१ चैत्र २७, बुधबार

    तीनकुनेमा देखिएकी एनी कुँवर हिरासतमा, भनिन् - मान्छे बचाउन त्यो भिडियो बनाएकी हुँ

    काठमाडौँ - काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकी अनिता कुँवर (एनी) अहिले हिरासतमा छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । पत्रकार सुरेश रजक जलेको घरमा कुँवरले ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्रीसमेत हुन् । आगजनी...

  • २०८१ चैत्र २०, बुधबार

    २५ करोड रूपैयाँ विदेशी मुद्राको मालिक रक्तचन्दन तस्कर

    काठमाडौं - गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरादम भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको छ । प्रहरीले दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको खुलेको हो । यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको छ...

Pages