STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७७ कार्तिक १२, बुधबार

    आज विराट नेपालभाषा साहित्य सम्मेलन हुँदै

    काठमाडौं – ५९ औं विराट नेपालभाषा साहित्य सम्मेलन आज बुधबार दिउँसो १२ः१५ बजेबाट सुरु हुँदैछ । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा हुने यस वर्षको नेपालभाषा सम्मेलन भर्चुअलरुपमै हुने भएको छ । वर्षेनी दशैंको द्वादशीको दिन भक्तपुरमा हुँदै आएको सम्मेलन यस वर्ष कोरोना जोखिमको कारण यस वर्ष भर्चुअल रुपमा हुन लागेको हो । यस वर्षको सम्मेलनमा गुठीको मुखपत्र ‘ह्याउँबाला’ २८ अंकको विमोचनको पनि हुने...

  • २०७७ कार्तिक ४, मंगलबार

    एलिना चौहान र डिआर सुजनको नजाउ नभन

    नेपालको सांगीतिक क्षेत्रमा अहिले म्युजिक भिडियो एउटा अति आबश्यक भईसकेको छ भने यसै क्रममा  एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यसमा  डिआर सुजनको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको  छ ।    पछिल्लो समयमा   म्युजिक भिडियो क्षेत्रमा  व्यस्त मानिने निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको यस   गीतको भिडियोमा एलिना...

  • २०७७ आश्विन २९, बिहिबार

    ‘भुल्यौं कि मायाले...’ को म्युजिक भिडियोमा रमेशचन्द सोडारी र रोली तामाङको लुकामारी

    लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक...

  • २०७७ आश्विन २६, सोमबार

    मल्ल के. सुन्दरको नयाँ उपन्यास ‘विमुक्ति’ आउँदै

    काठमाडौं – वरिष्ठ नेवार अगुवा एवं राजनीतिज्ञ मल्ल के. सुन्दरको नयाँ उपन्यास ‘विमुक्ति’ दशैंको अवसरमा प्रकाशित हुँदैछ । आउन लागेको ‘विमुक्ति’ उपन्यास मल्ल के. सुन्दरको यसअघि नेपालभाषामा प्रकाशित ‘व लँपु थ्व पलाः’ उपन्यासको नेपाली अनुवाद हुनेछ । नेपालभाषामा सर्वाधिक चर्चित बनेको ‘व लँपु थ्व पलाः’ उपन्यासले उपन्यास विधाको प्रतिष्ठित पुरस्कार ‘गंकी बसुन्धरा पुरस्कार’ जितिसकेको छ । उपन्यासका...

  • २०७७ आश्विन २४, शनिबार

    राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह बजारमा

    काठमाडौँ – कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको सङ्ग्रह काठमाडौँ महानगरपालिका–७ ले प्रकाशन गरेको हो । यहाँ आज आयोजित कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार...

  • २०७७ आश्विन २४, शनिबार

    परिबन्धन

    डेस्कमा तस्बिरसहितको एउटा फ्रेम । तस्बिरमा एकजना युवक । एकदम खुशी देखिने ती युवक तालि पिटिरहेको छ । ऊसँगै लहरै साहित्य क्षेत्रका दुई वरिष्ठ साहित्यकार । दुवै वरिष्ठका हातमा दुई दुईवटा पुस्तक । “पुस्तक लोकार्पण”को ब्यानर उनीहरुको पछाडि स्पष्ट देखिन्छ । त्यो तस्बिरसँगै पुस्तकको एक ठेला छ । तस्बिरमै लोकार्पित पुस्तकको ठेला । पुस्तकको कभरमा ठूल्ठूला अक्षरमा देखिन्छ, “एक मोड ः एक अन्त” । कथासंग्रह ।...

  • २०७७ आश्विन २४, शनिबार

    साहित्यको भाषासँग लसपस

     The determinig characterstic of literary language is indeed figurality.  — Paul de Man साहित्य पनि एक किसिमको सञ्चार नै हो, साहित्यकारले केहि लेख्छ, केहि भन्न खोज्छ पाठकहरुलाई । त्यसकारण साहित्य निर्माणका पछाडि लेखक र पाठकबीच केही न केही कुरा भन्ने, बोल्ने अभिप्रायः रहिरहन्छ । साहित्य मूलभूत रूपमा भाषिक संरचना भएकोले यस्मा प्रयोग गरिने सञ्चारका माध्यम भाषा नै हुन्छ । तर साहित्यमा प्रयोग हुने...

  • २०७७ आश्विन २२, बिहिबार

    अमरकोशको दोस्रो संस्करण प्रकाशित

    काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक महत्वको ग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशन गरेको छ । विद्वद्वरामरसिंहविररचितः  ‘अमरकोशः’ ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशन भएको हो । सो ग्रन्थको प्रथम संस्करण साहित्यकार बालकृष्ण सम प्रतिष्ठानमा उपकुलपति भएका बेला विसं २०२६ मा प्रकाशन भएको थियो । प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले महत्त्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनः प्रकाशन गर्ने...

  • २०७७ आश्विन २१, बुधबार

    उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’

    काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो । कविता लेखनबाट साहित्ययात्रा आरम्भ गरेका साहित्यकार उप्रेतीका यसअघि ‘स्मृतिका छालमा इटाली’ (यात्रा संस्मरण), ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’ (समालोचना), ‘तिब्बतमा दश दिन’ (...

  • २०७७ आश्विन २०, मंगलबार

    राष्ट्रिय कविता महोत्सव मंसिरमा

    काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो । प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को...

  • २०७७ आश्विन १९, सोमबार

    नेपालभाषाको भर्चुअल हाइकु वाचन

    काठमाडौं – नेपालभाषा साहित्यको क्षेत्रमा भर्चुअल हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ । नेवाः हाइकु ख्यः नाम संस्थाको आयोजनामा भएको चौथो ‘भर्चुअल नेवाः हाइकु वाचन’ कार्यक्रम गत शनिबार सम्पन्न भएको हो । दिलबहादुर पुंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ईश्वरीमैयाँ श्रेष्ठ, ज्ञानीशोभा तुलाधर, दिव्य ताम्राकार र न्हुच्छेलक्ष्मी धूसःलगायतले हाइकु वाचन गरेका थिए । कार्यक्रममा वाचित हाइकुहरुको समीक्षा...

Pages