STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तरकारी,फलफूल ढुवानी र वितरणमा अवरोध पुर्‍याए कारबाही

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार

काठमाडौं -  गृह मन्त्रालयले तरकारी, फलफूल लगायतका वस्तु उत्पादन, संकलन, ढुवानी तथा विक्री वितरणमा अवरोध पुर्‍याउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता काममा अवरोध पुर्‍याउनेलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो। नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरूको उत्पादन, संकलन, ढुवानी र विक्री-वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानुनविपरीत हुने विज्ञप्तिमा भनिएको छ । यस्ता कार्य गर्ने जो कोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने पनि विज्ञप्तिमा जनाइएकाे छ । संक्रामक रोग ऐन, २०२०को दफा २ बमोजिम गत चैत ११ गते नेपाल सरकारले तरकारीलाई अतिआवश्यक खाद्यवस्तुको रूपमा लिइ निर्वाध रूपमा ढुवानी गर्न व्यवस्था मिलाएको थियो। त्यसको बावजुद् पनि गत आइतबार कोरोना संक्रमित जिल्ला कपिलवस्तुको बुद्धभूमिबाट विक्रीको लागि लगिएको हरियो तरकारीलाई अर्घाखाँचीका प्रहरी टोलीले डम्पिङ साइटमा फ्याकेको थियो। त्यसैगरी गत वैशाखमा पोखरामा पनि किसानलाई दूध तरकारी बेच्न स्थानीयले अवरोध गरेका थिए ।
Categorized in राष्ट्रिय