STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योग कारबाहीमा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २७, शनिबार

काठमाडौँ – औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो । काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ तथा भक्तपुरका नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताउनुभयो । विभागले बजारमा बिक्रीवितरणमा रहेका विभिन्न उद्योगका ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा ती उद्योगले मापदण्डविपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो । मापदण्डविपरीत उत्पादन गरिएका ती स्यानिटाइजर प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह पनि गरेको छ । स्यानिटाइजरमा विषाक्त रसायन, प्रयोग नगर्न आग्रह यसैगरी काठमाडौँ र भक्तपुरका पाँच कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्ड विपरीत विषाक्त रसायन (मिथानोल) पाइएपछि यस किसिमको स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरेको छ । बजारमा पाइएका १० वटा स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा चार वटामा उक्त विषाक्त रसायन फेला परेको र एउटा भने यसअघि नै मापदण्ड विपरीत भएको प्रमाणित भएको उहाँले जानकारी दिनुभयो । विभागमा हालसम्म दर्ता भएका ४० सहित दर्ता हुन बाँकी रहेका सबै स्यानिटाइजरका बारेमा अध्ययन अनुसन्धान भइरहेको केसीले बताउनुभयो । विभागले सम्बन्धित कम्पनीलाई त्यस्ता उत्पादन तुरुन्त रोक्न निर्देशन दिइसकेको छ । विषाक्त रसायन फेला परेको स्यानिटाइजर नष्ट र जफत गर्न प्रक्रिया शुरु भइसकेको र स्थानीय प्रशासनसँगको समन्वयमा आवश्यक कारबाही अघि बढ्ने केसीले बताउनुभयो । विभागले स्यानिटाइजरका बारेमा मापदण्ड बनाएर लागूसमेत गरिसकेको छ । त्यस्ता कम्पनीलाई दर्ता हुन भनिए पनि बन्दाबन्दीका कारण मिति सारिएको जनाइएको छ ।
Categorized in अपराध-दुर्घटना