साधना म्युजिक अवार्ड को दोश्रो संस्करणमा ३० विधामा प्रतिस्पर्धा हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष २, बिहिबार
साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुला गरिएको हो । नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ ।
‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुनः खुल्ला गरिएको हो भने यसमा
२०७६ बैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने बताइएको छ ।
नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताउनुभयो ।
आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रा.लि.को कार्यालयबाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको कुरा आयोजकले बताएको छ ।
Categorized in साहित्य-कला

