आज कांग्रेस पदाधिकारी बैठक : सत्ता समीकरणबारे छलफल हुने
Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ९, सोमबार
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।
आज बस्ने पदाधिकारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता समीकरणलगायतका विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ ।
सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि आइतबार दिउँसो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूबीच बोहोराटारमा छलफल भएको छ ।
पौडेल पक्षधर नेताहरूको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
Categorized in राजनीति

