STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतमा एकैदिन १ लाख ४१ हजारभन्दा धेरै संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २४, शनिबार

२४ पुस, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ४१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो २४ घण्टाको तुलनामा भारतमा नयाँ संक्रमितको संख्या २१ प्रतिशतले बढेको हो।

त्यस्तै भारतमा कोरोनाको संक्रमणदर पनि ९.२८ प्रतिशत पुगेको छ। २४ घण्टामा २८५ जनाको मृत्यु भएको छ भने ४० हजारभन्दा धेरै मानिस संक्रमणमुक्त पनि भएका छन्। भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ४ लाख ७२ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ४० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने पश्चिम बंगालमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ। त्यस्तै दिल्लीमा १७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

Categorized in अन्तर्राष्ट्रिय