चिनियाँ सिपिपीका विदेश विभाग प्रमुख काठमाडौंमा
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २६, आइतबार
काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाडौं आइपुगेको छ ।
एक महिना अघि मात्र विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको आठ जनाको टोली आइतबार बिहान नेपाल आइपुगेको हो । लिउ नेतृत्वको टोली चार दिने नेपालमा बस्नेछ ।
आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको टोली अहिले बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन् । भ्रमणका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण भएको हो ।
Categorized in राजनीति

