STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २६, शुक्रबार

काठमाडौँ – माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतले यसअघि नै विष्टले दायर गरेको रिट दरपिठ गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको शुक्रबारको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

पूर्वलडाकु विष्टले आफूलाई बाल सैनिकको रुपमा दुरुपयोग गरेको भन्दै तत्कालीन सशस्त्र युद्धका नेताद्वय दाहाल र भट्टराईमाथि कारबाही हुनुपर्ने मागसहित रिट दायर गरेका थिए ।

Categorized in राजनीति