अमेरिकामा गायिका तथा निर्माता सत्यकला राई सम्मानित
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष ४, शुक्रबार
अमेरिकास्थित NASeA (Nepali American Society of Entertainment & Arts) ले नेपाली गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरेको छ।
NASeA का अध्यक्ष तथा प्रथम नेपाल सरकारका पर्यटन दूत, NASeA सल्लाहकार एवं सामाजिक अभियन्ता राजा घले र वर्तमान अध्यक्ष विद्या गुरुङले अमेरिकाको Atlanta, Georgia मा आयोजित कार्यक्रममा राईलाई सम्मान गरिएको हो।
कार्यक्रममा नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रमा सत्यकला राईले पुर्याउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
यसअघि पनि, ५ डिसेम्बर २०२५ मा अमेरिकामै Global People Alliance (GPA) र कल्याण फाउन्डेशनको सह–आयोजनामा सम्पन्न कार्यक्रममा गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरिएको थियो।
सम्मान ग्रहण गर्दै राईले आफूलाई प्रदान गरिएको मान–सम्मानप्रति खुसी व्यक्त गरिन्। उनले यस सम्मानले आफूलाई थप ऊर्जा, प्रेरणा र जिम्मेवारीको अनुभूति गराएको बताइन्।
आयोजक संस्थाहरूले नेपाली कला–संस्कृति, चलचित्र तथा सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै विश्वभर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सत्यकला राईले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
Categorized in सिनेमा

