STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वीरगञ्ज महानगरपालिकाद्वारा बजेट सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार

प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्जले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु चार अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ को बजेट आज सार्वजनिक गरेको छ । यही असार १० गतेभित्र स्थानीय तहले नगरसभा गरी सक्नुपर्ने कानूनी प्रावधानअनुसार महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज आयोजित पाँचौँ नगरसभामा आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको नीति कार्यक्रम तथा बजेटमा चालूतर्फ रु एक अर्ब ३८ करोड २४ लाख ३७ हजार अर्थात् ३०।८५ प्रतिशत, पूँजीगततर्फ रु तीन अर्ब तीन करोड ८९ लाख ११ हजार अर्थात् ६७।८१ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ रु छ करोड अर्थात् १।३४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । सार्वजनिक गरिएको उक्त बजेटको कूल खर्चमध्ये आर्थिक क्षेत्रमा रु दुई करोड ३४ लाख ७० हजार, सामाजिक विकास क्षेत्रमा रु ७१ करोड ८२ लाख ७२ हजार, पूर्वाधार विकास क्षेत्रमा रु दुई अर्ब ९४ करोड २८ लाख ५८ हजार ६७९, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु तीन करोड ३२ लाख ७९ हजार, कार्यालयतर्फ रु ७६ करोड ३४ लाख ६८ हजार ८०० व्यय हुने अनुमान गरिएको छ । सो बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा रु दुई अर्ब २८ करोड ४२ लाख ९९३, वडास्तरीय योजनामा रु १९ करोड ७० लाख, म्याचिङ फण्डमा रु २३ करोड १२ लाख आठ हजार ८५६, लक्षित कार्यक्रममा रु एक करोड ५० लाख, तराई मधेश समृद्धि कार्यक्रममा रु एक करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा रु एक करोड ५० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ४५ लाख ९४ हजार र बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ रु २० लाख विनियोजन गरिएको छ । सामाजिक सुरक्षा भत्तातर्फ रु २० करोड, वडा भवनतर्फ रु चार करोड, उज्यालो वीरगञ्ज कार्यक्रमतर्फ रु तीन करोड, शैक्षिक विकासतर्फ रु ५२ करोड ४१ लाख ६४ हजार, स्वास्थ्यतर्फ रु १० करोड ७५ लाख २७ हजार, कृषि विकासतर्फ रु ५७ लाख, पशु विकासतर्फ रु २५ लाख र जनसहभागितामा आधारित कार्यक्रमतर्फ रु चार करोड बजेट व्यवस्थापन गरिएको देखिन्छ । यसैगरी आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरण रु ४४ करोड १४ लाख, राजश्व बाँडफाँट रु २६ करोड ७७ लाख, सशर्त अनुदान रु ६१ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश २ को सरकारबाट वित्तीय समानीकरण रु एक करोड २५ लाख ७३ हजार, सशर्त अनुदानतर्फ रु तीन करोड, सवारी साधनतर्फ तीन करोड १४ लाख चार हजार रहेको छ । त्यस्तै घरजग्गा रजिष्टे«शनतर्फ रु छ करोड, सरसफाइ सेवा शुल्कतर्फ रु एक करोड ५५ लाख १८ हजार, नगर विकासतर्फ रु दुई अर्ब २० करोड ६५ लाख १० हजार १६०, नगर विकास ऋणतर्फ रु सात करोड ७७ लाख ११ हजार ८३३, सडक बोर्डतर्फ रु एक करोड ५० लाख र युनिसेफतर्फ रु एक करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ । चालीस बुँदे सो नीति तथा कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको दीर्घकालीन समृद्धिका लागि एकीकृत विकास योजनालाई प्राथमिकतामा राखिएको देखिन्छ । उक्त बजेटले महानगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा शुरु भएको सो दुईदिने सो नगरसभाको पहिलो दिन पर्सा क्षेत्र नं १ का सभासद प्रदीप यादव, उपप्रमुख शान्ति कार्की, प्रदेश सांसद ओमप्रकाश शर्मालगायतका वक्ताहरुले प्रस्तुत गरिएको नीति कार्यक्रम तथा बजेटले वीरगञ्ज नगर क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय