शिक्षा
-
२०८१ आषाढ १३, बिहिबार
एसईई नतिजा सार्वजनिक, ५२ प्रतिशत फेल
काठमाडौँ - एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना...
-
२०८१ आषाढ ७, शुक्रबार
“अब म नेपालभाषालाई लिएर चिन्ता बोकी मर्नु पर्ने छैन” : नेवाः अगुवा एवं नेपालभाषा एकेदेमिका भाइस चान्सलर मल्ल के सुन्दर
सार्वजनिक भो नेपाललिपि ट्युटोरियल तथा नेपालभाषा डिक्सनरी एप “भाषानिभाः प्रेमबहादुर कसाः ले त्यो बले मलाई भन्नुभएको थियो कि, म मरेपछि आशा सफू कुथि, च्वसा पासा रही रहन्छ त ? भनी चिन्ता व्यक्त गर्नुभएको थियो । शताब्दी पुरुष सत्यमोहन जोशीले पनि मलाई भन्नु भएको थियो कि, म रहेन भने लोकसाहित्य परिषद् ज्यूदो भइरहन्छ त ? भन्दै चिन्ता प्रकट गर्नुभएको थियो । त्यो बेलाका थुप्रै भाषा अभियन्ताहरुले यसरी नै...
-
२०८१ जेठ २८, सोमबार
विद्यालयले भाडामा दिएका सटर बन्द गराउँदै काठमाडौं महानगर
काठमाडौं - विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ । महानगर शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो । आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको दाहालले बताए । आदर्श आधारभूत विद्यालयको सटर यसअघि महानगरले बन्द गराइसकेको छ । उनले भने ‘अबदेखि सबै विद्यालयका सटरहरू...
-
२०८१ बैशाख २६, बुधबार
नयाँ उपकुलपतिको आगमनपछि त्रिभुवन विश्वविद्यालयको प्रगति विवरण सार्वजनिक
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले शिक्षामन्त्रीलाई साक्षी राखेर पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका छन् । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले हालसम्म गरेका कार्यको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई साक्षी राखेका थिए । २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त भएका बरालले आफ्ना कार्यको प्रगति...
-
२०८१ बैशाख १६, आइतबार
शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक
शिक्षक सेवा आयोगले ठूलो संख्यामा प्राथमिक तहका शिक्षक माग गरेको छ। आयोगले शनिबार सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो। शुक्रबारको निर्णयअनुसार सातै प्रदेशबाट विभिन्न समूहका शिक्षक नियुक्तिका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ। खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति...
-
२०८१ बैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी
काठमाडौं - कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु...
-
२०८१ बैशाख ११, मंगलबार
पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्ने
काठमाडौं - शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक...
-
२०८१ बैशाख ७, शुक्रबार
विद्यार्थीबाट अतिरिक्त शुल्क नलिन मनपाको निर्देशन, भर्ना शुल्क मासिक शुल्कभन्दा बढी लिन नपाइने
काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको स्पष्ट गर्दै महानगरले सोभन्दा बढी लिइए कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको हो । महानगरकी शिक्षा विभागकी निमित्त विभागीय...
-
२०८० चैत्र १८, आइतबार
शिक्षक, कर्मचारी राजनीतिक दलमा आवद्ध भए उजुरी दिन शिक्षामन्त्री श्रेष्ठको आग्रह
काठमाडौं- शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरू कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरी दिन आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत शिक्षक, कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै त्यसो गरेको पाइएमा उजुरी दिन भनेकी हुन्। उनले शिक्षा ऐन, २०२८ दफा १६(ङ) को उपदफा ५ खण्ड (५) को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने...
-
२०८० चैत्र १७, शनिबार
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपालीमा बनाउने निर्णय गरेको हो । "...त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा...
-
२०८० चैत्र १५, बिहिबार
उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने त्रिभुवन...
-
२०८० चैत्र १५, बिहिबार
नेपालीपन झल्कने गरी नाम फेर्न निजी विद्यालयलाई महानगरको अल्टिमेटम
काठमाडौं- काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ। अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी भएको हो। ‘नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए...


