शिक्षा
-
२०८० चैत्र १४, बुधबार
उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ । उक्त विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो । चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा...
-
२०८० चैत्र १४, बुधबार
एसईईमा पाँच लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी
काठमाडौं- बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्याइएको जानकारी दिए। उनले परीक्षालाई...
-
२०८० चैत्र १४, बुधबार
१ अर्ब बजेटको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै यो वर्षको लागि कार्यक्रम स्थगित गरेकी हुन्। आगामी आर्थिक वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाइने गरी यो वर्ष उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरेकी हुन्। मन्त्री श्रेष्ठले संघीय तहबाट विद्यालय तहको योजना छनोट गर्नु गलत भएको निष्कर्ष...
-
२०८० फाल्गुण १०, बिहिबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकुलपति पदमा बिहीबार बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस...
-
२०८० फाल्गुण २, बुधबार
शिक्षक सेवा आयोगले माग्यो निमावि शिक्षक
काठमाडौँ - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले...
-
२०८० माघ २६, शुक्रबार
त्रिवि उपकुलपतिको लागि १४ जनाको नामवली सर्टलिस्ट
काठमाडौँ- छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिने ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ । सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको हो । ३५ अंक छुट्याइएको विद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनाको शिक्षामन्त्री...
-
२०८० माघ १८, बिहिबार
१२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक
काठमाडौं- १२ कक्षामा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक गरेका छन् । काठमाडौंको एक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रोहित रोकायाले पनिकाको वेबसाइट ह्याक गरेको खुलेको हो । मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको...
-
२०८० माघ ९, मंगलबार
चैत १५ गतेदेखि हुने एसईईको तालिका सार्वजनिक
काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् ।
-
२०८० माघ ७, आइतबार
एसईई परीक्षा आगामी चैत १५ गतेबाट हुने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो । यसवर्षदेखि...
-
२०८० माघ ३, बुधबार
त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने
काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मङ्गलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाण पत्र,...
-
२०८० पौष २६, बिहिबार
नेपालभाषाका हजारौं पुस्तकहरु अब विश्वको हरेक कुनाकाप्चामा पढ्न सकिने
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा मन्तव्य राख्ने क्रममा नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । समारोहमा बोल्दै प्रमुख अतिथि डंगोलले नेपालभाषाको साथमा नेपालकै विभिन्न भाषा, कला, साहित्य, संस्कृतिलगायत...
-
२०८० पौष २५, बुधबार
एसईई चैत पहिलो हप्ता, अब सबै विषयमा ३५ ल्याए मात्र पास
काठमाडौं- यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताएका हुन् । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, उनले भने । संसद्मा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी...


