STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८२ फाल्गुण १८, सोमबार

    प्रतिसरा सायमिलाई लाेकप्रिया पुरस्कार प्रदान गरिने

    साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि.सं २०८२ को लोकप्रिया पुरस्कार नेपालभाषाका  साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको खबर छ । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सो पुरस्कारका लागि समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरू श्रीओम श्रेष्ठ "रोदन" र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य...

  • २०८२ फाल्गुण १४, बिहिबार

    गीतकार थापासहित चारजनालाई झपट पुरस्कार

    झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।  समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो । सनत रेग्मी र राजेन्द्र थापालाई जनही एकएक लाख रुपियाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिने भएको छ । आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान...

  • २०८२ फाल्गुण १४, बिहिबार

    विमल पौडेलकाे टेलि सिरियल ‘अभाव’ को टिजर सार्वजनिक

    चलचित्र निर्देशक विमल पौडेल निर्देशित समसामयिक बिषयबस्तुमा आधारित टेलि सिरियल ‘अभाव’को टिजर राजधानीमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक भएकोछ । सामाजिक र राजनीतिकका कारण जन्मेका ससाना अभावहरु, देशलाई राम्रो नेताको अभाव, आमालाई राम्रा सन्तानको अभाव, प्रेमिलाई प्रेमिका र प्रेमिकालाई प्रेमको अभाव अनि जेन्जी आन्दोलन पछि जन्मेको कथा र व्यथाहरु, शहिदको सपना पुरा गर्न एक लिडरको अभावलाई केन्द्रमा राखेर...

  • २०८२ फाल्गुण १२, मंगलबार

    चार अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार'

    नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेक‍ो छ । अमर प्राज्ञहरू महासमाल‍ोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.दयाराम श्रेष्ठलाई जनही पचास पचास हजार रुपियाँ राशिसहित 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको हो । त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा...

  • २०८२ फाल्गुण १०, आइतबार

    कलाकार तथा पत्रकारबीचकाे फुटसलमा पत्रकार विजयी

    कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फुटसल प्रतियोगितामा नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय विशेष समितिले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। सुकुण्दा फिल्म्स प्रोडक्सन प्रा.लि. द्वारा आयोजित “कलाकार तथा पत्रकारहरूको सुस्वास्थ्यका लागि” शीर्षकको उक्त प्रतियोगिता काठमाडौं मा सम्पन्न भएको हो।...

  • २०८२ फाल्गुण ८, शुक्रबार

    निर्देशक सुब्बाको म्युजिक भिडियो ‘मायामा टेन्शन भो’

    जेपिजे इन्टरटेनमेन्टले पछिल्लो समय आफ्ना गतिविधि तीव्र बनाउँदै नयाँ नयाँ सिर्जनालाई अघि सार्ने क्रम जारी राखेको छ । यही क्रमलाई निरन्तरता दिँदै संस्थाको संयोजनमा ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । रोमान्टिक शैलीमा तयार गरिएको उक्त गीतमा दीपेन्द्र खड्काको शब्द, विकाश चौधरीको संगीत तथा गायिका तपस्या राईको स्वर रहेको छ । प्रेम सम्बन्धमा देखिने ससाना मनमुटाव, असमझदारी र...

  • २०८२ फाल्गुण ८, शुक्रबार

    साहित्यकार एवं उद्योगी वसन्त चौधरी लगायत वासु शशी स्मृति परिषद बाट पुरस्कृत हुने

    अमर साहित्यकार बाशु शशीकाे नाममा  स्थापित    "वासु शशी स्मृति परिषद्ले साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” प्रदान  गर्ने  भएकाे छ । परिषद ले साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि रू. २५,०००।- (पच्चीस हजार) र स्रष्टा पुरस्कार रू. २१,०००...

  • २०८२ फाल्गुण ७, बिहिबार

    बाह्रजना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' प्रदान गरिने

    नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने घाेषणा  गरेक‍ो छ । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् ।  नइ प्रज्ञा पुरस्कार'बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.केशव सुवेदी, प्रा....

  • २०८२ फाल्गुण ५, मंगलबार

    हृदयचन्द्र स्मृति सम्मान’ प्रदान

    काठमाडौँ, साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११औँ जन्मजयन्तीका अवसरमा यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार राम विनयलाई प्रदान गरिएको छ ।साढे छ दशक लामो साहित्य साधना गरी कविता, निवन्ध र कथा सृजना तथा साहित्य सन्ध्या संस्थामा नेतृत्व गर्दै साहित्यका माध्यमबाट समाज परिवर्तनमा पुर्याउनुभएको योगदानको कदर गर्दै सोमबार आयोजित कार्यक्रममा विनयलाई सम्मान...

  • २०८२ फाल्गुण ३, आइतबार

    निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा विभिन्न व्यक्तित्व सम्मानित

    निलकृष्ण–जशोदा सिटौला फाउण्डेशन, नर्दन क्यालिफोर्नियाद्वारा आयोजित सम्मान तथा पुरस्कार अर्पण समारोह २०८२ मा सामाजिक अभियन्ता तथा संयुक्त अपाङ केन्द्रका अध्यक्ष तिलबहादुर कार्की  सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू एक समाारोहमा  सम्मानित भएका छन् । साे समारोहका क्रममा कार्कीलाई नगद ७२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । विगत दुई दशकदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको क्षेत्रमा निरन्तर...

  • २०८२ फाल्गुण ३, आइतबार

    जापानमा म्युजिक भिडियो र पुस्तक सार्वजनिक

    शिवरात्रीको दिनमा जापान देशको शिजुओका प्रान्तको फुजिनोमिया महानगरपालिकाको भवनमा प्रा. ई. नरेश महर्जनज्युले नेपाल जापान दुई देशको सुमधुर दौत्य सम्बन्ध गाँसेको ७० वर्ष पुगेको अवसरमा एउटा म्युजिक भिडियो र साहित्यकार रिता महर्जन रितुकाे जापान यात्रा संस्मरण पुस्तक विमाेचन समेत  गरी   दुइवटा नेपाली कार्यक्रम सम्पन्न भएको छ। जापानमा विगत ४ दशक देखि बस्दै आउनुभएका प्रा. ई. नरेश महर्जनज्युले नेपाल जापान...

  • २०८२ फाल्गुण ३, आइतबार

    भारतका नौ प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'

    नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन'को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका नौ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको  छ । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । प्रा.डा.कविता लामा, प्रा.डा.कृष्णराज घतानी, डा.टेकबहादुर छेत्री, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा....

Pages