STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८२ चैत्र १२, बिहिबार

    चलचित्रका लागि प्रोस्थेटिक मेकअप तालिम आरम्भ

    चलचित्र विकास बोर्डको आयोजनामा “Prosthetic Make Up Training” आजबाट औपचारिक रूपमा सुरु भएको छ। बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको उपस्थितिमा उद्घाटन गर्दै अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन अत्याधुनिक प्राविधिक सीप अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले पात्रलाई जीवन्त बनाउने र कथालाई अझ...

  • २०८२ चैत्र १२, बिहिबार

    जितु नेपालकाे "आई. एम. जीतबहादुर"को टिजर सार्वजनिक

    लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर बिहीबार  चैत दशैंकाे दिन  सार्वजनिक  गरिएको को छ ।भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा  भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी...

  • २०८२ चैत्र ११, बुधबार

    निफकाे नवाैं संस्करणमा रसियन फिल्म डेज पनि समावेश

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकाे तत्वावधानमा  चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू पनि देखाइने  भएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू देखाउन  लागेको कुरा  आयोजकले बताएको छ । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्महरू ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द...

  • २०८२ चैत्र ९, सोमबार

    चलचित्र निर्माणमा कृत्रिम बाैद्धिकतासम्बन्धी तालिम सुरु

    नेपाली चलचित्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात चलचित्र निर्माणमा कृत्रिम बाैद्दिकताकाे उपयोग  विषयक दुईदिने कार्यशाला सुरु भएको छ। चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलायन्स (नाइफा)को सहकार्यमा आयोजित उक्त कार्यशालामा दुई सयभन्दा  बढी चलचित्रकर्मीको सहभागिता रहेको छ। चावहिलस्थित चलचित्र विकास बोर्डको...

  • २०८२ चैत्र ९, सोमबार

    चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र ‘उर्गेन’ बन्ने

    चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै " उर्गेन" चलचित्रको शुभमुहूर्त गरेको छ। तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तामाङ चलचित्र ‘उर्गेन’को शुभारम्भ गरिएको हाे। बोर्डको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित तामाङ चलचित्र संघलाई रु. ३...

  • २०८२ चैत्र ९, सोमबार

    नेपालको चलचित्र महाेत्सवमा " शाेले" का निर्देशक आउने

    नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटनमा भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पीको विशेष उपस्थित हुने भएको छ । भारतीय चलचित्र उद्योगमा " शाेले" जस्तो अत्याधििकसफल चलचित्र दिनु भएका रमेश सिप्पी  निफ काे नवाैं संस्करणको  उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको निफ का अआयाेजक    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी...

  • २०८२ चैत्र ६, शुक्रबार

    जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर भन्ने नारा बाेकेर अधिवेशन शुरु

    नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उद्घाटन समारोह भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख अतिथि र नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतिमा नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको हो । ‘प्राकृतिक स्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित...

  • २०८२ चैत्र ३, मंगलबार

    एकैदिन तीन दक्षता अभिवृद्वी कार्यक्रम सम्पन्न गर्याे चलचित्र बोर्डले

    नेपाली चलचित्र क्षेत्रको प्राविधिक विकास, संस्थागत क्षमता अभिवृद्धि तथा चलचित्रकर्मीहरूको शारीरिक दक्षता बढाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले एकैदिन तीन कार्यक्रम सञ्चालनमा ल्याएको छ। चलचित्रकर्मी दक्षता अभिवृद्वी बर्ष २०८२ को अवसरमा बोर्डको आयोजनामा हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दी को प्रमुख प्रशिक्षणमा तीन दिने ‘भ्वाइस...

  • २०८२ चैत्र १, आइतबार

    चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु

    काठमाडौं — नेपाली चलचित्रको ध्वनि तथा अभिनय क्षेत्रको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आयोजना गरेको तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ। हलिउड तथा बलिउडका विभिन्न परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट तथा भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन भएको उक्त तालिममा नेपाली चलचित्र क्षेत्रका १६६ जना कलाकार,...

  • २०८२ चैत्र १, आइतबार

    चलचित्र विकास बोर्डका कर्मचारीहरुकाे क्षमता अभिवृद्धि तालिम सुरु

    चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। बोर्डको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त तालिम २०८२ साल चैत्र १ गतेदेखि प्रारम्भ भएको हो। बोर्डले कर्मचारीहरूको सीप, दक्षता तथा कार्यक्षमतामा सुधार ल्याउने लक्ष्यसहित तालिमका लागि आवश्यक...

  • २०८२ चैत्र १, आइतबार

    चलचित्र पत्रकार संघ नेपाल, दाङको अध्यक्षमा निरला अर्याल

    चलचित्र पत्रकार संघ नेपाल, दाङको छैठौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । साे अधिवेशनबाट   अध्यक्षमा निरला अर्याल निर्वाचित भएको छ ।  यस अधिवेशनलाई सफल बनाउन सहयोग गर्नुहुने गायिका कोमल ओली, केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने तथा लुम्बिनी संयोजक शिव पुनलगायत सम्पूर्ण महानुभावप्रति संघको केन्द्रीय अध्यक्ष समिर बलामीले  आभार व्यक्त गर्दै निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु...

  • २०८२ फाल्गुण ३०, शनिबार

    प्रख्यात भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दी नेपालमा

    भारतीय चलचित्र उद्योगका चर्चित साउन्ड आर्टिस्ट तथा ध्वनि विशेषज्ञ अमित देओन्दी नेपाल आउनु भएकाे छ  । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उहाँलाई नेपाली चलचित्र क्षेत्रका प्राविधिक, निर्देशक तथा ध्वनीकर्मीहरूले खादा र पुष्पगुच्छासहित भव्य स्वागत गरेका छन्। साउन्ड डिजाइन, फोले (Foley) र साउन्ड सम्पादन (Sound Editing) मा विशेष दखल राख्नु हुने देओन्दी चलचित्र विकास बोर्डले आयोजना...

Pages